Saturday, December 3, 2011

मेरो बुवा शमसुल हक अंसारी कसरी शहिद भए ?

मेरो बुवा शमसुल हक अंसारी कसरी शहिद भए ? तबरेज आलम अन्सारी मेरो बुवा शमसुल हक अंसारी सधैँको जस्ते वि.स. २०६४ साल भाद्र महिनाको ११ गते नै घरबाट भारतको उत्तरप्रदेशको वाँसीभन्ने ठाउँमा मेरी सानीआमा पढाई सिद्धिएका लानलाई गईरहेका थिए । यसपालि अन्तिम भएकाले केहि दिन अगाडि नै घुम्नै मनसाय बनाउँदै साथीहरुसहित घरबाट ४ दिन अगाडि नै निस्कनु भयो । कपिलबस्तु कृष्णानगर हुदैँ बरहनी बोर्डर भई गोरखपुर हुदैँ भारतको उत्तर प्रदेश मै रहेको आजमगढको जामिअतुल फलाह पुग्नुभयो । जामिअतुल फलाह चर्चित ठाउँभएकाले घुम्ने मनसायले त्यहाँ पुगेर २ दिन जति विसराम पछि गन्तब्यकोलागि त्यहाँबाट शुक्रवार बिहान ४ बजे नै निस्कनुभयो । विहिवारको राति बुवाको छाति अलिअलि दुखेको सँगेरहेका साथीहरुले सुनाए र बिहान पुर्ण सन्चो भएपछि बासी निस्कनु अगाडि नै साथीहरुसँग चियाखाएको रेकर्डपनि बुवाको डायरीबाट पाए । र दुर्घटना हुनुभन्दा करिब १ घण्टा अगाडि बुवाले अन्तिम कुराकानी मेरा ठूला दाई प्रवेज आलम जो त्यतिबेला कतार पुगेका ४ महिना २८ दिन मात्र भएको थियो उहाँसित कुराकानी गर्नुभयो । अरुपाली दुई दिनको लागि बाहिरजादाँ पनि फोन जानकारी गराउदै जाने मेरा बुवा यसपालि ४ दिन भईसक्दापनि कुनै जानकारी घर गराएको थिएन । मेरो मन बुवाको कुरा सुन्न खिल्ली भईरहेका थिए । शुक्रवारको दिन थियो । म मेरा बुवाको साथी हलिम अन्सारीको छोरा मेरो साथी ईकराम अन्सारीको साथमा बालकृष्ण मावि कक्षा ९ पढ्नलाई बिहानको कक्षामा गईरहेका थिए । त्यतिकैमा मेरा बुवाको मामाको छोरा बबिया घर भएका आजाद अन्सारी मोटरसाईकल लिई मेरा ठूला बा मास्टर सदरुल आलमको घरमा आए र फोन मार्फत थाहा पाएको घटना बारे सुनाए । मेरा ठूलाबाँले मलाई रोडबाट बोलायो र पट्याउने ग्राहो हुने समाचार सुनायो ठूलाबाँको मुखबाट यति शब्द मात्र निस्को थियो तिम्रो बुवा जीप दुर्घटनामा पर्यो मेरो पछाडि रहेकी मेरी आमा जलेसा मियाको मुटु थाम्न नसक्ने अवस्थामा पुग्यो अचानक बेहोस हुन पुगी । वास्तवमा बिहान ५ बजेको समय शुक्रवारको दिन, भाद्र १४ गते २०६४ साल सडक चारलाईन, सुनसान कतै कुनै गाडि नचलेको कतै कुने मान्छेपनि नहिडेको अवस्थामा अचानक विपरित दिसाबाट एउटा सवारी गाडि आउँछ सडक पुरा खाली अवस्थामा पनि बुवा बसेको ड्राईभरको पछाडि दाहिने ठाउँमा ठोक्न पुग्छ । जीप खादिएर रहेका १७ जना सवारी यात्रु मध्ये कसैलाईपनि केहि हुँदैन, जीपको पनि केहि टुटफुट हुदैन, र मेरो बुवा खस्रिदै ५०० मिटरसम्म जान्छ, शरिरका छाला खस्रेका कारण अलग हुन पुग्छ, पाउँमा लगाएको बाक्लो चप्पल पुरै खिईन पुग्छ, पानीको लागी तड्पिन्छ कसैले पानी दिदैन अन्तमा एकजना शुभचिन्तक यात्रुले पानी ल्याउन खोज्छ त्यतिकैमा बुवाको स्पोर्ट डेड भएको खबर सार्वजनिक हुन्छ । त्यहाँबाट बासीमा भएको मदरसा जामिअतुस्सालेहातमा घटनाको बारेमा खबर पुग्छ,, त्यहाँबाट शुभचिन्तक मोलानाहरुको टिन घटनास्थल पुग्छ वुवाको पार्थक शरिर मरेपछि अस्पताल पुर्याएको हुन्छ, अस्पतालले बुवाको मृत्यु अघिनै भएको घोषणा गर्दछ, पोलिस केश भएको अस्पताल परिवारले लाशलाई सहजै मित्रहरुको जिम्मा लगाउदैन र बुवाको पोष्टमार्तम भईसकेपछि लाशलाई ल्याउन बुवाका नजिकका साथीहरु म्हफुज अन्सारी, लस्करी अन्सारी लगायतका साथीहरु शववाहन लिएर सुनौली बोर्डर हुदै शव आफ्नो गृह वासस्थानसम्म घटना भएको ३२ घण्टापछि घरसम्म आईपुग्छ । मेरो मुटुमा वुवाको शव नआउन्जेल सम्म विभिन्न किसिमका खुल्दुलीहरु आईरहेका थिए, सायद मेरो बुवा मरेन होला, यीनी जुठो हल्ला मात्र गरिरहेका छन्, वुवा जिउँदै आउदैछन् होला भन्ने विभिन्न किसिमका ख्यालहरु आईरहेका थिए । त्यतिकैमा हर्न बजाउँदै शववाहन १ बजेतिर आईपुगे मेरो नजर शववाहन माथि पुग्यो, मेरो मन थाम्नै नसक्ने अवस्थामा पुग्यो म अचानक बेहोस हुन पुगे जब मलाई पुन होसमा ल्याईयो क्रमश ,,,,,,,

मेरो बुवा कसरी शहिद भए ?

मेरो बुवा स्वर्गिय शमसुल हक अंसारी यस फोटोमा बाँयादेखि तेस्रो नम्बरमा सेतो एडिदास लेखेको भेष्ट, कलेजो कलरको पेन्ट र सेतो जुत्ता लगाइरहेको अवस्थामा साथीहरुसँग आजदेखि २२ वर्ष अगाडि भारतको चर्चित तथा दुनियाको जन्नत कस्मिरमा ।